काठमाडौँ – कोभिडको सुरक्षा सामग्री सस्तो मूल्यमा बिक्री गर्दै आएको रिचार्जरले ५ वटा वाणिज्य बैंकसँग छुट सम्झौता गरेको छ । भदौ ११ गतेदेखि सुरु भएको मेगा ग्याजेट्स सेल मेलामा सेवाग्राहीलाई शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउन वाणिज्य बैंकहरुसँग छुट सम्झौता गरिएको रिचार्जरले जनाएको छ ।


ADVERTISEMENT


कम्पनीले एनआईसी एशिया बैंक, सुद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकसँग शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउने सम्झौता गरेको हो । सम्झौता अनुसार भदौ ११ देखि १८ गतेसम्म चल्ने मेगा ग्याजेट्स सेलमा उल्लेखित ५ वाणिज्य बैंकको क्रेडिट कार्ड भएका ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा किस्ता बन्दीमा सामान खरिद गर्न सक्ने छन् ।


ADVERTISEMENT

# # #


कार्ड नभएकाहरुले रिचार्जर एपको इएमआईमा गएर किन्न चाहेको सामान छनौट गरी किस्ताबन्दीका लागि आवेदन दिन सक्ने छन् । यसरी आएको आवेदनको आधारमा बैंकहरुले सेवाग्राहीलाई आम्दानीको स्रोतका आधारमा क्रेडिट कार्ड जारी गर्ने रिचार्जरले जनाएको छ । कम्पनीका अनुसार लकडाउनका बेला सेवाग्राहीलाई छुटसहितको अफरमा घरमै किस्ताबन्दीमा सामान उपलब्ध गराउन बैंकहरुसँग यस्तो सम्झौता गरिएको हो ।

सेल अवधिमा १८ महिनासम्मको किस्ताबन्दीमा शुन्य प्रतिशत व्याजदरमा सामग्री किन्न सकिने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । उनका अनुसार नाफा कमाउने उद्धेश्यले भन्दा पनि असहज परिस्थितीमा सहज किसिमले आर्थिक व्यवस्थापन समेत गराउँदै सामान उपलब्ध गराउन लागिएको ग्लाइडरले बताए ।

ब्रान्डेड सामग्रीहरूको मेगा सेल ग्याजेट्स मेला अवधिमा दैनिक रुपमा सञ्चालन हुने ह्याप्पी आवरमा सेवाग्राहीले ५० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका सामान गरिद गर्न सक्ने छन् । कोभिड संक्रमण जोखिमलाई ध्यानमा राख्दै सुरक्षा उपहरणहरु, विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप, टेलिभिजन, फ्रिजजस्ता विद्युतीय उपकरणका साथै जुत्ता, कपडा, झोला, पफ्र्युम लगायतका सामान पनि ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिनेछ ।

सेलमा ‘बाई वान गेट वान फ्री को अफर समेत सञ्चालन हुनेछ । किस्ताबन्दीका साथै नगद भुक्तानी वा क्यास अन डेलिभरीबाट कुनै पनि किसिमको ग्याजेट्स तथा कोभिड प्रोटेक्टिभ प्रोडक्ट खरिद गर्दा मास्क र स्यानिटाइजर अनिवार्य रुपमा निशुल्क उपलब्ध हुनेछ । सेल अवधिमा सामान किन्नेहरु मध्येबाट एक जनालाई रिचार्जरले आईफोन ११ बितरण गर्नेछ ।

भदौ ३ गतेदेखि १९ गतेसम्ममा रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालन गर्नेहरु मध्येबाट एक जनालाई गोलाप्रथाबाट आईफोन एसई उपलब्ध गराउने रिचार्जरले जनाएको छ । यस्तै हरेक दिन सञ्चालन हुने फेसबुक पेज लाइभ प्रश्नोत्तरमा सहभागि हुनेहरुलाई आकर्षक उपहार उपलब्ध गराइने रिचार्जरले जनाएको छ । सेल सुरु भएका दिनदेखि हरेक दिन साँझ ६ बजे रिचार्जरको फेसबुक लाइभमार्फत उपहार विजेता घोषणा गरिने बताइएको छ ।

रिचार्जरले कोरोना संक्रमण नियन्त्रणका लािग सुपथ मूल्यमा मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, प्रोटेक्सन किट्स लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराउँदै आएको छ । यसका साथै बीमा, बिजुली, इन्टरनेट, टीभीलगायत सेवाको महसुल भुक्तानी गर्दा रिचार्जरले २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि अकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट प्राप्त हुनेछ ।

रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई रिजार्जरबाट सामान खरिद गर्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।