काठमाडौँ – चलचित्र ‘हिजो आजका कुरा’का निर्देशक साकार पन्त वैवाहिक जीवनमा बाँधिने भएका छन् । बिहीबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै निर्देशक पन्तले आयुशी खनालसँग विवाह गर्न लागेको कुरा जानकारी गराएका हुन् ।


ADVERTISEMENT


उनले भनेका छन्, ‘जीवनका विभिन्न महत्वपूर्ण पलमध्ये वैवाहिक जीवन शुरु गर्न र त्यसमा जीवन साथी भई एकअर्कालाई साथ दिने प्रण गर्दै म र आयुशी खनाल अब विवाह बन्धनमा बाँधिने भनि हिजो कुरा छिन्ने कार्य सम्पन्न गरियो ।’


ADVERTISEMENT

# # #


चर्चित कलाकार सन्तोष पन्तका छोरासमेत रहेका साकार पन्तको डेब्यु निर्देशन रहेको चलचित्र ‘हिजो आजका कुरा’को निर्माण सम्पन्न भएको छ । कोरोनाका कारण चलचित्र सार्वजानिक प्रदर्शन हुन सकेको छैन ।

चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी लगायतको अभिनय रहेको छ ।