काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४१५ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका ३५० जना, ललितपुरका ११ जना, भक्तपुरका ५४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


काठमाडौँ उपत्यकामा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमित देखिएका हुन् । यसअघि काठमाडौँमा हिजो ३७७ जना संक्रमित भेटिएका थिए ।


ADVERTISEMENT

# # #


पछिल्लो २४ घण्टामा नेपालमा ९२७ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा १६९ जना निको भएका छन् भने हालसम्म २० हजार २४२ जना उपचारपछि निको भएका छन्

कुल संक्रमित मध्ये १९५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ ।

आज कुन जिल्लामा कति देखिए नयाँ संक्रमित ?

प्रदेश १ : 
इलाममा १ जना, उदयपुरमा १ जना, ओखलढुंगामा १ जना, झापामा १५ जना, पाँचथरमा २ जना, सोलुखुम्बुमा १ जना, संखुवासभामा २ जना, मोरङमा ४७ जना र सुनसरीमा ४१ जनामा कोरोना देखिएको छ ।

प्रदेश २ :
बारामा ४ जना, धनुषामा २० जना, पर्सामा १ जना, रौतहटमा २१ जना, महोत्तरीमा १३ जना, सप्तरीमा ७ जना, सर्लाहीमा १३ जना र सिरहामा १२ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्मती प्रदेश :
काठमाडौंमा ३५० जना, ललितपुरमा ११ जना, भक्तपुरमा ५४ जना, नुवाकोटमा ३ जना, चितवनमा २६ जना, काभ्रेमा १७ जना, दोलखामा २ जना, धादिङमा १६ जना, मकवानपुरमा ५१ जना, रसुवामा १ जना, सिन्धुलीमा २ जना र सिन्धुपाल्चोकमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गण्डकी प्रदेश:
कास्कीमा १६ जना, गारेखामा १ जना, तनहुँमा ४ जना, लमजुङमा २ जना र नवलपरासी (पूर्व)मा ११ जना र बागलुङमा १ जनामा कोरोना पाइएको छ ।

प्रदेश ५:
अर्घाखाँचीमा २ जना, दाङमा १ जना, बाँकेमा ३६ जना, कपिलवस्तुमा २ जना, नवलपरासी (पश्चिम)मा २ जना, बर्दियामा २ जना र रुपन्देहीमा ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश:
जुम्लामा ६ जना, दैलेखमा ११ जना र सल्यानमा ३ जनामा कोरोना पाइएको छ ।

सुदूरपश्चिम प्रदेश:

कञ्चनपुरमा १ जना, कैलालीमा ११ जना र डोटीमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

यसरी ३३४ जना महिला र ५९३ जना पुरुष गरी ९२७ जनामा कोरोना पुष्टि भएको छ ।