काठमाडौँ – विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । बुधबार अदालतमा एक कार्यक्रमको आयोजना गर्दै अदालते प्रवाह गर्दै आएको सेवाहरुको मूल्याङ्कन गरि एनएस/आइएसओ ९००१ः२०१५ प्राप्त गरेको जनाएको हो ।


ADVERTISEMENT


विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले न्यायसम्पादन भन्दापनि प्रशासनको कार्यमूल्याङ्कनका आधारमा आइएसओ प्रमाणपत्र प्राप्त भएको जानकारी दिए । आइएसओ प्रमाणपत्र प्राप्त गर्नु महत्वपूर्ण सफलता भएको भन्दै उनले आगामी दिनमा अदालतको प्रशासनलाई थप चुस्ततुरुस्त बनाउदै अघि बढ्ने प्रतिवद्धता जनाए । अध्यक्ष कुँवरले विशेष अदालतले म्याद तामेली र फैसला कार्यान्वयनमा जोड दिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


विशेष अदालतले चालू आर्थिक बर्षको असार २५ गतेसम्म २०६ मुद्दाको लगतमध्ये १२३ वटा फछ्यौट भइसकेको जानकारी गराएको छ । जसमा लक्ष्य अनुसारको फछ्र्यौट प्रगति ७१ दशमलव ९२ प्रतिशत रहेको अदालतका अध्यक्ष कुँवरले जानकारी दिए ।

आगामी दिनमा अदालतलाई पेपरलेस बनाउने, मुद्दा दर्ता हुनासाथ स्क्यानिङ्ग गरि डिजिटल फाइल बनाउने, कानूनको म्यादभित्र मुद्दा फछर्यौट कार्यलाई निरन्तरता दिने अदालतले जनाएको छ ।