काठमाडौं – पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये २४२ जना महिला र ६४२ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १० हजार ९७१ सय २९ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ६ लाख ६९ हजार ६ सय २६ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ८ हजार ३५ जना रहेका छन् भने १६ हजार ५ सय ७८जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ६ हजार ४ सय ४५ जना होम आइशोलेसनमा रहेका छन् भने १० हजार १ सय ४५ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म २० हजार ५ सय ५५ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ५५ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् ।

कुल संक्रमित मध्ये २०७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ ।