काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका १५५ जना, ललितपुरका १९ जना, भक्तपुरका १२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा नेपालमा ८८४ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा ३१३ जना निको भएका छन् भने हालसम्म २० हजार ५५५ जना उपचारपछि निको भएका छन्


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये १९५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ ।

आज कुन जिल्लामा कति देखिए नयाँ संक्रमित ?

प्रदेश १ :
इलाममा १ जना, धनकुटामा १९ जना, झापामा २० जना, संखुवासभामा ३ जना, मोरङमा ३१ जना र सुनसरीमा २४ जनामा कोरोना देखिएको छ ।

प्रदेश २ :
बारामा २१ जना, धनुषामा ४९ जना, पर्सामा ७३ जना, रौतहटमा ५ जना, महोत्तरीमा २६ जना, सप्तरीमा २ जना, सर्लाहीमा ८३ जना र सिरहामा २२ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्मती प्रदेश:
काठमाडौंमा १५५ जना, ललितपुरमा १९ जना, भक्तपुरमा १२ जना, चितवनमा ५७ जना, काभ्रेमा १९ जना, दोलखामा १ जना, धादिङमा ९ जना, मकवानपुरमा ९ जना र सिन्धुपाल्चोकमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गण्डकी प्रदेश:
कास्कीमा ३ जना, लमजुङमा २९ जना र नवलपरासी (पूर्व)मा २३ जनामा कोरोना पाइएको छ ।

प्रदेश ५:
दाङमा १९ जना, बाँकेमा २० जना, गुल्मीमा १ जना, कपिलवस्तुमा २ जना, नवलपरासी (पश्चिम)मा १० जना र रुपन्देहीमा १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश:
जुम्लामा १ जना, जाजरकोटमा १ जना, दैलेखमा १ जना, रुकुम पश्चिममा १ जना र सुर्खेतमा १० जनामा कोरोना पाइएको छ ।

सुदूरपश्चिम प्रदेश:

कञ्चनपुरमा १७ जना, कैलालीमा १९ जना, दार्चुलामा ३ जना, बझाङमा २६ जना र बैतडीमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

यसरी २४२ जना महिला र ६४२ जना पुरुष गरी ८८४ जनामा कोरोना पुष्टि भएको छ ।