काठमाडौँ – काठमाडौँबाट स्याङ्जाको चापाकोट जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटनामा पर्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जनाको उपचार हुँदैछ ।


ADVERTISEMENT


दुर्घटनामा परी २२ वर्षीय श्याम पंगेनी र ३५ वर्षीय भानुभक्त गैरेको मृत्यु भएको हो । पवित्रा पोखरेल र एम्बुलेन्स चालक सुरेन्द्र भण्डारीलाई उपचारका लागि पोखरा पठाइएको जानकारी प्रहरीले दिएको छ ।


ADVERTISEMENT

# # #