बागलुङ – बागलुङको ढोरपाटन नगरपालिकामा – ९ को सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १६ घर बगाएको छ। रातिदेखिको लगातारको मनसुनका कारण खोलामा आएको बाढीबाट वेपत्तामध्ये २ को शव भेटिएको बुर्तिवाङ इलाका प्रहरी कार्यालयका इन्सपेक्टर प्रकाशसिंह भण्डारीले बताए। उनकाअनुसार अझैँ कम्तीमा १२ जना सम्पर्कविहीन भएकाले उनीहरुको खोजीकार्य जारी छ ।


ADVERTISEMENT


राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएकोमा बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा परिचालन गरिएको छ । बाढीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको भण्डारीले बताए ।


ADVERTISEMENT

# # #