काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्धिअध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको भेटघाटमा प्रचण्डले बामलेवलाई राष्ट्रिय सभामा लिनुपर्ने प्रस्ताव प्रधानमन्त्री ओलीसामु राखेका छन् । बुधवार दाहाल–ओलीबीच बालुवाटारमा भएको वैठकमा अध्यक्ष दाहालले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। तर प्रधानमन्त्री ओलीले अहिले डा. युवराज खतिवडालाइ नै अर्थमन्त्रीका रुपमा निरन्तरता दिने र बामदेवलाई पछि कुनै ठाउँमा उचित तरिकाले व्यवस्थापन गर्ने आश्वासन दिएको बालुवाटार स्रोतले बताएको छ ।


ADVERTISEMENT


डा. खतिवडाको अर्थमन्त्रीको कार्यकाल  राष्ट्रिय सभाको सदश्य नभएपनि संसदको सदश्य नभएपनि ६ महीनासम्म मन्त्री हुन पाउने कानूनअनुसार यसअघि फागुनमा नै ६ महीनाको लागि थपिएको थियो । खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएको भदौ २० गते ६ महीना पुग्दैछ । जसकारण अध्यक्ष दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर अर्थमन्त्रीलाई दोहोर्‍याउने अडान प्रधानमन्त्री ओलीले यथावत राखेका हुन् ।


ADVERTISEMENT

# # #


यसबाहेक दुई पार्टी अध्यक्षबीच नेकपाको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको कार्यदलको प्रतिवेदनमाथि पनि छलफल भएकोमा प्रतिवेदनको छलफल सचिवालय वैठकमा गरिने बताइएको छ । सचिवालय बैठक आज बिहान ११ बजे बालुवाटारमा बोलाइएको छ।