काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्रालिसँग सम्झौता गरेको छ । बैंकका ग्राहक, कर्मचारी लगायत बैंकका संस्थापक सेयरधनीहरुले डाक्टर अन कलमार्फत घरमै उपचार गराउन सक्ने गरी सम्झौता भएको हो ।


ADVERTISEMENT


यसरी उपचार गराउँदा बैंकका ग्राहकले सेवा शुल्कमा छूट पाउँनेछन् । सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक सेयरधनीहरु साथैकर्मचारीले डाक्टर सेवामा अधिकतम ३०%, फिजियोथेरापीमा अधिकतम ३०%, नर्स केयर सेवामा अधिकतम २०%, ल्याब टेष्टमा अधिकतम २०%, डाइटिसियन सेवामा अधिकतम ३०%, डे«सिङ तथाइन्जेक्सन सेवामा अधिकतम १५%, डाक्टरसँग अनलाइन कनसल्ट, औषधीतथा मेडिकल उपकरणहरुको डेलिभरी सेवानिः शुल्क रुपमा प्राप्तगर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


सम्झौतापत्रमा बैंककातर्फबाट कुमारीपाटी शाखाकाप्रमुख  अषसिंह सिजापती र कम्पनीकातर्फबाट प्रबन्धनिर्देशक डा. सुमन न्यौपानेले हस्ताक्षर गरेका छन् । देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मीविकास बैंक लि. ले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।