काठमाडौँ – कामना सेवा विकास बैँक लिमिटेडले यातयात क्षेत्र, पर्यटन तथा होटल व्यवसाय क्षेत्र अन्तर्गत व्यवसाय विस्तारको लागि कर्जा लिइ कारोबार गर्दै आएका ग्राहकलाई विशेष राहत र सहुलियत दिने उद्देश्यका साथ ब्याजमा भारी छुट दिने योजना ल्याएको छ ।


ADVERTISEMENT


उक्त योजना अन्तर्गत यस्तो कर्जा लिएका ग्राहकले आषाढ मसान्तसम्मको बक्यौता रकमश्रावण मसान्तसम्म भुक्तानी गरेका ग्राहकहरुलाई श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशत तथा होटल रेष्टुरेन्ट व्यवसाय अन्तर्गत ग्राहकहरुलाई श्रावण महिनाको व्याजमा ७० प्रतिशत सम्म व्याज रकममा छुट दिइसकेको छ ।


ADVERTISEMENT

# # #


उक्त समयसीमाभित्र आफ्नो बक्यौता रकम भुक्तान गर्न नसकेका ऋणीहरुलाई समेत यो योजनामा सहभागी गराउन बाँकी ग्राहक ले समेत श्रावण महिनाको तिर्नु पर्ने रकम चुक्त भुक्तान गरेमा समेत यो योजनाको लाभ उठाई श्रावण महिनाको ब्याज रकममा ५० देखि ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

साथै व्यवसायिक प्रयोजनको लागि हायरपर्चेज कर्जा लिएका ग्राहकहरुले हालसम्मको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेमा यस त्रयमासको ब्याजदरमा भारी छुट प्रदान गरी ब्याजदर ९.९९५ कायम गरिने योजना ल्याएको समेत बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए। यो योजनाबाट कोभिड– १९ बाट प्रभावित व्यवसायी महानुभावहरुले अधिकतम लाभ लिई व्यवसाय सञ्चालनमा थप सहजता मिल्ने समेत बैंकले विश्वास लिएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।