काठमाडौँ – कोरोना महामारीकैबीच सुरु भएको रातो मछिन्द्रनाथको रथयात्रामा सहभागी र प्रहरीबीच झडप भएको छ । सहभागीहरुले ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीमाथि कुटपिट गरेका छन् ।


ADVERTISEMENT


स्थानीय प्रशासनको आदेश विपरित ललितपुरको पुल्चोकमा सुरु भएको रथयात्रामा हजारौँको संख्यामा स्थानीय सहभागी भएका छन् । प्रहरीले भीडलाई नियन्त्रण गर्नका लागि अश्रुग्यास र पानीको फोहोरो प्रहार गरेको छ ।


ADVERTISEMENT

# # #


अश्रुग्यास प्रहार भएपछि रथ तान्नेक्रममा उत्तेजित भीडले ट्राफिक एक ट्रफिक प्रहरीमाथि ढुंगामुढा र लखेटेर कुटपिट गरेका छन् । कोरोना भाइरसका कारण रातो मछिन्द्रनाथको रथयात्रा पटकपटक स्थगित हुँदै आएको थियो ।

तस्बिरहरु : रासस