काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बिहान बस्ने बनिएको बैठक केही घण्टा पर सारेर भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।


ADVERTISEMENT


राष्ट्रियसभा रिक्त रहेको पद भदौ २० गतेसम्म पूर्ति गरिसक्नु पर्ने बाध्यता रहेकाले कसलाई मनोनयन गर्ने भन्ने विषयमा विषयमा छलफल हुने बताइएको छ । अर्थमन्त्री य्वराज खतिवडाले आफ्नो राष्ट्रियसभाको पदावधि सकिएपछि राजीनामा दिएका थिए । संसदको सदस्य नरहँदा पनि ६ महिनासम्म संघीय मन्त्री बन्न पाउने सम्वैधानिक व्यवस्था बकमोजिम उनी पुनः अर्थमन्त्रीमा नियुक्त भएका थिए ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभा सदस्यमा पुनः मनानयन गरेर अर्थमन्त्रीमा उनलाई निरन्तरता दिने वा अर्को बनाउने भन्ने विषयमा आजको छलफल केन्द्रित हुने बताइएको छ । रिक्त राष्ट्रियसभाको सदस्यका लागि अर्थमन्त्री खतिवडासँगै नेकपा उपाध्यक्ष बामदेव गौतमको चर्चा छ । यस्तै पार्टीका आन्तरिक समस्या समाधानका लागि पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गति ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि पनि छलफल हुनेछ ।

कार्यदलले अ‍ोलीले पूरा कार्यकाल सरकारको नेतृत्व गर्ने, पार्टी सञ्चालन प्रचण्डले गर्ने, आवश्यक परेमा संघीय मन्त्रिपरिषद् र प्रदेश सरकार हेरफेर गर्ने, पार्टीको महाधिवेशन आगामी चैत्र महिनामा गर्ने लगायतका सुझाव दिएको थियो ।

यसअघि गत शनिबार बस्ने भनिएको बैठक अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि बिहीबार (आज)लाई सारिएको थियो ।