काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी ढकालले रातो मछिन्द्रनाथको रथयात्राका क्रममा ट्राफिक प्रहरीमाथि हातपात गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


एसएसपी ढकालले कोरोनाका कारण लागू भएको निषेधाज्ञाकै बीच सेवामा खटिएका ट्राफिक प्रहरीमाथि कुटपिट हुनु निन्दनीय रहेको बताए । उनले प्रहरीलाई कुटपिट गर्नेहरुलाई पक्राउ गरेर कानुनी कारबाही गरिने बताए ।


ADVERTISEMENT

# # #


‘ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई सामुहिक आक्रमण गर्नु एकदमै निन्दनीय कुरा हो ।’ हिमालय पोष्टसँग उनले भने, ‘त्यसमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारबाही हुन्छ ।’

बिहीबार स्थानीय प्रशासनको आदेश विपरित स्थानीयको भीड ललितपुरको पुल्चोकमा रहेको मछिन्द्रनाथको रथ तान्न गएको थियो । भीडलाई नियन्त्रण गर्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार भएपछि उग्र बनेको भीड र प्रहरीबीच झडप भएको थियो । सोही क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि स्थानीयले कुटपिट गरेका थिए ।

घाइते भएका ट्राफिक प्रहरीको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको एसएसपी ढकालले हिमालय पोष्टलाई जानकारी दिए ।