काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्रा तान्ने क्रममा प्रदर्शनकारी र प्रहरी बीच झडप हुँदा घाईते ट्राफिक प्रहरीको स्वास्थ्य अवस्था बारे जानकारी लिन महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकाल अस्पताल पुगेका छन् ।


ADVERTISEMENT


प्रदर्शनकारीले निर्मतापूर्वक आक्रमण र कुटपिट गरी घाईते भएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाको जानकारी लिन एसएसपी ढकाल बिहिबार जावलाखेल स्थित अल्का अस्पताल पुगेका हुन् ।


ADVERTISEMENT

# # #


”हामी साथमा छौं, चिन्ता नगर्नुहोला” एसएसपी ढकालले प्रहरी जवान घिमिरेलाई आश्वासन दिँदै भने ”तपाईहरुको पक्षमा महानगरीय प्रहरी तथा आईजीसापसंग पनि कुरा भईसकेको छ, सिँगो प्रहरी संगठन छ ।”

उनले कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको निषेधज्ञा र जनता जोगाउन अहोरात्र सडकमा खटिएको ट्राफिक प्रहरी माथी त्यसरी सामुहिक रुपमा निर्घात कुटपिट गर्नु अमानवीय मात्रै नभई कानुन विपरित समेत भएकोले उनीहरुलाई पक्राउ गरेर कानुनी कारबाही गरिने बताएका छन् । अस्पतालमा उपचार भइरहेका घाइते घिमिरेको स्वास्य अवस्था खराब नरहेको एसएसपी ढकालले बताएका छन् ।