काठमाडौं – अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


सरकारको सिफारिसमा राष्ट्रपतिमार्फत राष्ट्रियसभाका लागि मनोनय भएका अर्थमन्त्री खतिवडाको २ वर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो । संसदको सदस्य नभएपनि ६ महीनासम्म मन्त्री हुन पाउने कानूनअनुसार यसअघि फागुनमा नै ६ महीनाको लागि थपिएको थियो ।


ADVERTISEMENT

# # #


खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएको भदौ २० गते ६ महीना पुग्दैछ । त्यसको अघिल्लो दिन उनले राजीनामा दिन लागेका हुन् । राजीनामा पछि अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री ओलीले अब आफ्नो प्रमुख आर्थिक सल्लाहकार बनाउने कतिपयले आँकलन गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको थियो । बामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णयसँगै उनी अब उपप्रधानसहित अर्थमन्त्री बन्ने चर्चा सुरु भएको छ ।

संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।