काठमाडौँ – सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामलेव गौतमलाई राष्ट्रियसभामा रिक्त सिटका लागि राष्ट्रपतिसमक्ष सिफरिस गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।


ADVERTISEMENT


सरकारको सिफारिस बमोजिम राष्ट्रिपतिले राष्ट्रियसभाको सदस्यमा मनोनयन गर्ने सम्वैधानिक व्यवस्था रहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएसँगै गत फागुदेखि रिक्त रहेको राष्ट्रिसभा सदस्यमा अब गौतम आउने भएका हुन् ।


ADVERTISEMENT

# # #


वि.सं.२०७४ सालको निर्वाचनमा बर्दिया क्षेत्र नं. १ मा प्रत्यक्ष निर्वाचनमा पराजित भएका गौतमले यसअघि पनि संघीय संसदमा जानका लागि अनेक प्रयास गरेका थिए ।

यस्तै अर्थमन्त्री युवराज खतिवडाले आजै राजीनामा गर्ने भएका छन् । संसदको सदस्य नभएपनि ६ महीनासम्म मन्त्री हुन पाउने कानूनअनुसार पुनः मन्त्री बनेका खतिवडाको शनिबार (भोलि) ६ महिना पूरा हुँदैछ ।