काठमाडौँ – रौतहटको गरुडामा भएको विजयराम चमार मृत्यु प्रकरणका दोषीहरुलाई कारवाही गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माग गरेका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर अधिवक्ता त्रिपाठीले विजयकुमारको हत्या प्रकरणको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेका हुन् ।


ADVERTISEMENT


कोरोना महासंकटको अवधिमा राज्य संयन्त्रबाट मानवअधिकारको गम्भीर हनन भएको टिप्पणी उनले गरेका थिए । श्रृंखलावद्ध रुपमा नागरिकको अधिकार हनन हुने गरी राज्यबाटै गतिविधि भइरहेको आरोप उनको थियो ।


ADVERTISEMENT

# # #


गरुडाका २० का निरन्जन रामको हत्याका आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले विजयरामलाई पक्राउ गरेको थियो । हिरासतमा उनलाई यातना दिएर उनको मृत्यु भएको आरोप परिवारको छ । हिरासतमा नै बिरामी भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

उनले धनुषामा शम्भु सदाको पनि हिरासतमै मृत्यु भएको र अहिलेसम्म दोषीहरुलाई कसैलाई कारबाही नगरिएको बताए । पीडित परिवारको जाहेरी प्रहरी प्रशासनले नलिएकोमा गम्भीर आपत्ति जनाउँदै उनले प्रहरीले जाहेरी लिनैपर्ने बताए ।

उक्त प्रकरणमा एकजना प्रहरी निरीक्षकसहित ३ प्रहरी निलम्बनमा परेका छन । प्रहरी हिरासतमा रहेका विजयरामलाई चरम यातना दिएको विषयमा अनुसन्धानका लागि ईन्स्पेक्टर नविनकुमार सिंहसहित ३ प्रहरी निलम्बनमा परेका थिए।