भक्तपुर – मध्यपुर नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने पुल निर्माण भएको छ महिनापछि बल्ल सडक निर्माण शुरु भएको छ ।


ADVERTISEMENT


मध्यपुर थिमिबाट दधिकोट जाने छोटो र वैकल्पिक सडक निर्माणका लागि ठेक्का लिएको तीनवर्षपछि पुल निर्माण भएको र त्यसको छ महिनापछि बल्ल सडक निर्माण शुरु भएको हो ।


ADVERTISEMENT

# # #


मध्यपुरथिमि नगरपालिका– ४ हनुमन्ते पुलबाट सूर्यविनायक नगरपालिका वडा नं ४ जोड्ने खरिबोटसम्मको सडक निर्माणको सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले शिल्यान्यास गरे ।

करिब २५० मिटर लम्बाइको उक्त सडकलाई ११ मिटर चौडाइमा विस्तार गर्ने योजनासहित सडक निर्माण कार्य शुरु भएको छ । कार्यक्रममा नगरप्रमुख थापाले जनताको चाहना र नगरको प्राथमिकताअनुसार सडक निर्माण थालिएकोे बताउँदै टोल/टोलमा सडक पुग्ने बताए ।

सूर्यविनायक नगरपालिका, सडक डिभिजन कार्यालय र नगर विकास प्राधिकरणको रु ४० लाखको लागतमा सडक निर्माण गर्नेगरी काम शुरु भएको सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष उत्तम थापाले जानकारी दिए । सो सडक निर्माणभएपछि मध्यपुर थिमिबाट सूर्यविनायक नगरपालिका– ४, ७ र १ (सविक दधिकोट, गुण्डु र सिरुटार) तथा ललितपुरको लमाटार एवं लुभुका बासिन्दालाई यातायातको छोटो मार्ग बन्ने उनले बताए ।

आगामी कात्तिकसम्म सडक निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता भएको जानकारी दिँदै वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले उक्त सडक निर्माण भएपछि वडा नंं ७ (साविक गुण्डु पिपल डाँडाबाट, किवाचोक, हर्षचोक) हुँदै काठमाडौँसम्म सिधा यायातात सेवा सञ्चालन गर्ने निर्णय समेत भईसेकेको बताए । रासस