काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकसहित प्रवन्ध निर्देशक, लेखा अधिकृत, क्रिकेट म्यानेजरको पोष्टमा आवेदन खुला गरेकोमा प्रवन्ध निर्देशक बैंकर्श अतुल कोइराला इच्छुक देखिएका छन् ।


ADVERTISEMENT


सुशील कोइराला मेमोरियल फाउन्डेसनका सदस्य सचिव , प्रधानमन्त्री सुशील कोइरालाको स्वकिय सचिवका रुपमा काम गरिसकेका कोइरालाले क्रिकेटको विकासमा आफ्नो पनि योगदान होस भन्ने हेतुले प्रबन्ध निर्देशकमा आवेदन दिने तयारी गरेका हुन् ।


ADVERTISEMENT

# # #


आइटी र कर्पोरेट विश्लेषकको रुपमा काम गरेका कोइराला सिद्धार्थ बैकको पूर्व म्यानेजर हुन् । मेगाटेक समूहका पूर्व लगानीकर्ता समेत रहेका उनीसँग नेपाल इन्जिनियरीङ र नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीमा प्राफेसरको रुपमा काम गरेको अनुभव छ ।