काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय ६६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा।. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार ४७३ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ७ लाख ५७ हजार ९ सय ६३ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ६ हजार ७ सय १ जना रहेका छन् भने १७ हजार ८ सय ७० जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ८ हजार ४ जना होम आइशोलेसनमा रहेका छन् भने ९ हजार ८ सय ६६ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या २७ हजार १ सय २७ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ६० प्रतिशत हो ।

कुल संक्रमित मध्ये २८० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ ।