काठमाडौं । सांसद एवं व्यवसायी विनोद चौधरी कोरोना संक्रमणमुक्त भएका छन् । चौधरीले सामाजिक सञ्जालमार्फत् शनिबार आफू संक्रमणबाट मुक्त भएको बताएका हुन् ।


ADVERTISEMENT


‘तपाईंहरूको उत्कट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तवासमा ठूलो ऊर्जा दियो। त्यही ऊर्जाकै कारण म आज कोरोनाको संक्रमणबाट मुक्त भएको छु’ उनले लेखेका छन्‚ ‘मैले जीवनमा तपाईंहरूजस्ताव आफन्त‚ इष्टमित्र‚ साथिभाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महशुस गर्छु। यहाँहरूको यस्तै माया पाइरहूँ।’


ADVERTISEMENT

# # #