काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संस्थापन इतरका देउवा र सिटौला गूटका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको केमेस्ट्री मिलेको छ । काँग्रेसभित्र फरक दुई गूटका साथ उभिएका पौडेल र सिटौलाले १४ औँ महाधिवेशनको क्रममा एक ठाउँमा उभिने तयारी गरेका छन् ।


ADVERTISEMENT


मनोनीत केन्द्रीय सदस्य र विभागमा सिटौला पक्ष सहभागी भएपछि पौडेल र सिटौला पक्षबीच दरार उत्पन्न भएको थियो र दुई पक्षको सम्बन्ध चिसिएको थियो । त्यसयता आन्तरिक अन्तरसंघर्ष गरिरहेका यी दुई गूट पार्टी सभापति देउवाकोविरुद्धमा फेरि एकै ठाउँमा उभिएका छन् ।


ADVERTISEMENT

# # #


देउवाले पार्टीभित्र महाधिवेशन प्रभावित पार्ने गरी निर्णय गरिरहेका कारण यी दुई समूह देउवा पक्षसँग संघर्ष गर्न मिलेर अघि बढ्न लागेका हुन् । शनिवार पौडेल पक्षले पार्टी सभापति देउवाले गरेका निर्णयविरुद्ध कदम चाल्न भच्र्युल वैठक गरेका थिए । जसमा सिटौला पक्षका नेताहरु सहभागी भई देउवाका निर्णयविरुद्ध संघर्ष गर्ने प्रतिवद्धता गरे । कूल २४ जना सहभागी वैठकमा सिटौला आफै सहभागी नभएपनि सिटौला पक्षका नेताहरुको सहभागिता रहेको स्रोतले जनाएको छ । स्रोतकाअनुसार सिटौला र पौडेल पक्षले मिलेर अघि बढ्ने निर्णय गरेका छन् ।

वैठकमा क्रियाशिल सदस्य नवीकरण, विभिन्न विभागको गठन लगायतका विषयमा छलफल भएकोमा सहभागी नेताहरुले देउवाका निर्णयविरुद्ध संगसंगै अघि बढ्ने प्रतिवद्धता गरेका छन् ।