काठमाडौँ – मास्कको प्रयोग नयाँ र अनौठो नभएपनि कोरोना संक्रमणको शुरू भएसँगै यसको महत्व र औचित्य बढेको छ । कोरोना भाइरसलगायतका बाह्य संक्रामक किटाणु शरीरभित्र प्रवेश गर्न नपाओस् भनेर मास्कको प्रयोग गर्ने गरिन्छ ।


ADVERTISEMENT


तर मास्कको प्रयोग कसरी गर्ने भन्ने नजान्दा भने यसले समस्या ल्याउन सक्छ । प्रस्तुत छ डा. इशान अधिकारीका मास्क कसरी लगाउने भन्ने केही टिप्सः


ADVERTISEMENT

# # #


मास्कलाई सधै तल्लो भागबाट खोल्नुपर्छ ।

मास्क निरन्तर प्रयोग गर्दा ६ घण्टामा परिवर्तन गर्नुपर्छ ।

मास्क नाक छोपिने गरी लगाउनुपर्छ ।

बजारमा सर्जिकल मेडिकल र कपडाका मास्क पाइन्छन् । सर्जीकल र मेडिकल मास्क तीनपत्रे हुन्छन् । तर अहिले बजारमा नक्कली मास्क पनि पाइने गरेकोमा तीनवटा पत्र भएका मास्कको प्रयोग गर्दा संक्रमणबाट बच्न सकिन्छ ।

कपडाको मास्क लगाउँदा तीनपत्र भएको मास्क लगाउनुपर्छ । किनभने कपडा बनाउँदा धेरै छिद्रहरू राखिएका हुन्छन् । भाइरसको आकार निकै नै सानो हुने भएकाले ती छिद्रहरूबाट भाइरस सजीलै शरीरभित्र छिर्न सक्छ । कपडाको मास्क बनाउँदा कम छिद्र भएको कपडाको प्रयोग गर्नुपर्छ र उक्त मास्क लगाउँदा तीनवटा पत्र, एक पत्रमाथि अर्को पत्र राख्दा छिद्र ढाकिने गरी बनाइएको हुनुपर्छ ।

सबै भाइरस नरोक्ने भएपनि बढी भन्दा बढी भाइरसलाई मास्कले शरीरभित्रमा प्रवेश गर्न नदिने हुँदा भिडभाड र फोहोर ठाउँमा हिँड्दा मास्क प्रयोग गरेर विभिन्न संक्रमणबाट बच्न सकिने डा. अधिकारी बताउँन् । उनकाअनुसार सर्जिकल मास्क प्रयोगपछि सुरक्षित रुपमा डिस्पोज गर्नुपर्छ, यसलाई धोएर पुनः प्रयोग गर्नुहुँदैन ।

 

भिडियो हेर्नुहोस्ः

https://www.youtube.com/watch?v=w7T7tuWo0ns&feature=youtu.be&fbclid=IwAR3xB10mZujzVEtg9zA3rUAv0yYq3TBU2q2lJJbnPGfMfnPvg60N1cQlrq0