काठमाडौँ – कृषियोग्य जग्गाको कित्ताकाट खुलेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले २०७४ सालदेखि बन्द रहेको कित्ताकाट १८ भदौमा खुल्ला गर्ने निर्णय गरेकी हुन् ।


ADVERTISEMENT


कृषि योग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको मन्त्रालयको जग्गा प्रशासन शाखाका शाखा अधिकृत लक्ष्मणबहादर कठायतले जनाएका छन् । उनले जारी गरेको सूचनामा भनिएको छ, ‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ’


ADVERTISEMENT

# # #


भू–उपयोग नियमावली जारी भई भू-उपयोग नक्सार डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि लागू हुनेगरी हालका लागि खण्डीकरण गर्न अनुमति दिइएको शाखा अधिकृत कठायतले जनाएका छन् ।

यसअघि २०७४ र २०७५ मा सरकारले जग्गाको खण्डीकरणका सम्बन्धमा रोक्ने आदेश जारी गरेको थियो ।