काठमाडौं – गायक महेश काफ्लेको नयाँ गीत सार्वजनिक भएको छ । महेशले  ‘लज्जावती झार’ बोलको गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


प्रेमिल गीतमा अस्मिता अधिकारी र महेशको स्वर छ । सार्वजनिक गीतमा शब्द तथा संगीत पनि महेश स्वयंको रहेको छ ।


ADVERTISEMENT

# # #


भिडियोमा महेश काफ्लेसँगै आँचल शर्मा र असिम शाह फिचर्ड छन् । हरि हुमागाईंले खिचेको भिडियो लोकेश बज्राचार्यले सम्पादन गरेका छन् भने आसिफ शाहले निर्देशन गरेका छन् ।

महेशले यसअघि ‘नाच फिरिरि’, ‘माया बिरानी’ लगायतका चर्तिच गीत ल्याइसकेका छन् ।