एजेन्सी – फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपीएल)को टिम राजस्थान रोयल्सलाई झट्का लागेको छ । आगामी १९ सेप्टेम्बरदेखि युएईमा सुरु हुने १३ औँ संस्करणको आइपएलम राजस्थानका लागि मुख्य विदेशी खेलाडी बेन स्टोक्स उपलब्ध नहुने भएका छन् ।


ADVERTISEMENT


प्राप्त जानकारी अनुसार उनी आफ्ना बुवा बिरामी भएपछि न्यूजिल्याण्ड गएका छन् । विश्व विजेता टिम इंग्ल्याण्डका सदस्य स्टोक्स विश्वका सर्वोत्कृष्ट अलराउन्डर मानिन्छन् ।


ADVERTISEMENT

# # #


स्टोक्स पाकिस्तानविरुद्धको टेस्ट सिरिजका बीच नै न्यूजिल्याण्ड गएका थिए । त्यहाँ उनी १४ दिन क्वारेन्टिममा बसेका थिए । क्यारेन्टिन पूरा भएसँगै उनी परिवारसँग समय व्यतित गर्ने छन् ।

उनका बुवा न्यूजिल्याण्डमा क्यान्सरसँग लडिरहेका छन् । राजस्थानले स्टोक्सलाई १२.५ करोड भारतीय रुपैयाँमा बोलकबोलमार्फत अनुबन्धित गरेको थियो ।

राजस्थानले २२ आगामी २२ सेप्टेम्बरमा चेन्नई विरुद्ध खेलेर २०२० को आइपीएलको यात्रा सुरु गर्दैछ । अघिल्लो वर्ष राजस्थान लिग चरणबाटै बाहिरिँदै ८ टोलीमध्ये ७ औँ स्थानमा समेटिएको थियो ।

राजस्तानका कप्तान अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ हुन् ।