काठमाडौँ – नेपाल चेम्बर आफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका नाममा लगाइएको निषेधाज्ञा हटाउनु पर्ने बताएका छन् ।


ADVERTISEMENT


हिमालय पोष्टसँग कुराकानी गर्दै निषेधाज्ञाले मात्रै कोरोना रोकथाम नहुने भन्दै अध्यक्ष श्रेष्ठले छलफलपश्चात यसको विकल्प खोज्नुपर्ने बताएका हुन् । लगातारको लकडाउनले जनजीवन अस्वव्यत पारेको र अर्थतन्त्र पनि ध्वस्त हुने अवस्थामा रहेकाले अब निषेधाज्ञा हटाउनु पर्ने बताए ।


ADVERTISEMENT

# # #


‘लकडाउन वा निषेधाज्ञा बढाएर काम छैन । उद्योगधन्दा, व्यापार लगायतको सम्पूर्ण अर्थतन्त्र खत्तम भइसक्यो ।’ उनले भने, ‘आवश्यक छलफल गरेर यसलाई निचोड कसरी दिने भन्ने तर्फ ध्यान दिनुपर्छ ।’

सरकारले कोरोना नियन्त्रणका लागि भनेर विभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुमार्फत निषेधाज्ञा गरिरहेको छ । करिब चार महिना लगातार लकडाउनपछि साउन पहिलो हप्तादेखि सामान्य अवस्थामा आएको जनजीवन फेरि निषेधाज्ञा जारी गरेसँगै प्रभावित हुँदै गइरहेको छ ।

पछिल्लो समय निषेधाज्ञा खुकुलो पारेर जनजीवन सामान्य बनाइनुपर्छ भनेर आवाजहरु उठ्न थालेका छन् । ।