काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । डा. कोइरालाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


कोइरालाले  ज्वरो आएपछि सोमबार ह्याम्स अस्पतालमा स्वाब दिएका थिए । उनले आफूमा स्वास्थ्यसम्बन्धी कुनै समस्या नरहेको र चिकित्सकहरुको सल्लाह अनुसार अहिले होम क्वारेन्टिनमा बसिरहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


कोइरालाले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई आवश्यक सजगता अपनाउन आग्रह गरेका छन् । सोमबार स्वाब दिएका उनको रिर्पोट पोजेटिभ आएपछि पुनः स्वाब परीक्षण गरेको गरिएको थियो । दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ देखिएको हो ।

कांग्रेस १४ औँ महाधिवेशनको तयारीमा जुटेसँगै महामन्त्री कोइराला पनि पछिल्लो समय नेता कार्यकर्ताहरुसँग बाक्लो भेटमा व्यस्त थिए ।  कांगेसमा ‘हाइप्रोफाइल’ व्यक्तिमा कोरोना देखिएको हो । यसअघि उद्योगपति विनोद चौधरी लगायतका अन्य सांसदमा कोरोना देखिएको थियो ।