काठमाडौं – काठमाडौँ उपत्यका नगरपालिका फोरमले उपत्यकाभित्र निषेधाज्ञा खुकुलो गरी राजधानी छिर्ने सबै नाकामा सेना परिचालन गर्नुपर्ने निश्कर्ष निकालेको छ । फोरमको मंगलवार बसेको बैठकले जोखिम कायमै रहेकाले काठमाडौँ छिर्न कडाइ गरेर भित्र सुरक्षा सावधानी अपनाएर निशेधाज्ञा खुकुलो गर्नुपर्ने निश्कर्ष निकालेको हो ।


ADVERTISEMENT


फोरमल तत्काल सार्वजनिक यातायात नखुलाउने, काठमाडौँ उपत्यका आउने नाकामा सेना परिचालन गर्ने र दैनिक जीवन सामान्य गर्नेगरी सुरक्षा सावधानी अपनाएर निशेधाज्ञा खुकुलो गर्नुपर्ने निर्णय गरेको हो । सार्वजनिक यातायात सञ्चालन गर्न नहुने निर्णय गरेको फोरमले अन्य यातायात भने जोर–विजोरमा सञ्चालन गर्ने निर्णय गरेको छ । फोरमले यी निश्कर्षहरुलाई लागू गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।


ADVERTISEMENT

# # #


सबै नगरपालिकाको प्रशासनिक काम पनि भदौ २५ गतेदेखि सुचारु गर्ने निर्णय फोरमले गरेको फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए।