काठमाडौँ – कोभिड–१९ उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई तत्काल प्रोत्साहन भत्ता दिलाउन कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठिन उपसमितिले पहल गर्ने भएको छ । उपसमितिको छैटौँ वैठकलेले कोभिड उपचारमा खटिएका स्वास्थयकर्मीहरुले प्रोत्साहन भत्ता नपाएकोले तुरुन्त सरकारसँग यसको ब्यवस्थापनका लागि पहल गर्ने बताएको छ ।


ADVERTISEMENT


हाल अस्पतालले स्वयं कर्मचारीहरुको तलब ब्यवस्थापन गर्दै आइरहेकोमा सरकारसँग सम्बन्धित बिषयहरु स्वास्थ्यकर्मी को जोखिम भत्ता, तलव र प्लाजमा बैंकका कुराहरु सरकारसामु राख्ने निर्णय उपसमितिले गरेको हो ।


ADVERTISEMENT

# # #


उपसमितिको संयोजक जीवनराम श्रेष्ठको संयोजकत्वमा बसेको वैठकले स्वास्थ्य क्षेत्रका पदाधिकारीहरुसँग छलफल गरेको थियो ।

वैठकमा अस्पतालबाट प्रतिनिधित्व गरेका स्वास्थ्य प्रतिनिधिहरुले तत्काल कोभिडको उपचारका लागि प्लाज्मा बैंकको ब्यवस्थापन गर्नुपर्ने सुझाव दिएका थिए । उपसमितिले प्लाज्मा बैंक स्थापनाका लागि सरकारसँग छलफल गर्ने बताएको छ ।