वैजयन्ती शर्मा, काठमाडौँ । बाँच्नका लागि दर्शन चाहिएको छ मर्नका लागि हैन भन्ने विचार राख्ने र राजनैतीक प्रजातन्त्रिक प्रणालीका लागि पटक–पटक गरी २७ वर्ष जेल बसेका बिपी नेपाली राजनीतिका जब्बर व्यक्तित्व हुन् । वि. सं. १९७१ मा कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाको कोखबाट जन्मिएका बीपी ११ वर्षको उमेर बुवासँगै भारत निर्वासित भए ।


ADVERTISEMENT


सिन्धुली स्थायी थलो भएका कृष्णप्रसाद भन्सारमा काम गर्थे । कामको सिलसिलामा उनी तराईँका विभिन्न स्थानमा बसाइ सरे र अन्ततः नवलपरासीको चन्द्रगढमा लामो समय बिताए । त्यही क्रममा व्यापारको सिलसिलामा कलकत्ता आवतजावत हुँदा उनमा राजनैतीक चेतको विकाश भयो । चन्द्रगढमा बस्दा उनले जनताको नाजूक अवस्था नजिकबाट देखे र जनताको अवस्था देखाउन उनले चन्द्र शमशेरलाई शरीरमा जुम्रा परेका चन्द्रगढका जनताका लुगा चन्द्र शमशेरलाई पठाए । त्यो काण्डपछि कृष्णप्रसादलाई सरकारले जुनसुकै कारवाही गर्नसक्थ्यो । सम्भावित कारवाहीको अनुमान लगाउँदै उनी सपरिवार सुटुक्क भारततर्फ लागे ।


ADVERTISEMENT

# # #


कृष्णप्रसादको जीवन स्थिर थिएन । उनी कहिले कलकत्ता , कहिले बेतीया त कहिले बम्बैमा बसे । यीनै फरक ठाउँको नाजूक अवस्था बिपीले नजिकबाट हेर्न पाए र नजानिँदो तरिकाले उनीभित्रै व्यवस्था परिवर्तनको विचारले डेरा जमायो ।

प्रत्येक व्यक्तिको आफ्नै अस्तित्व र महत्व छ भनी अस्तित्ववादको वकालत गर्ने कोइराला नेपाली राजनीतिका युगपुरुष हुन् भन्दा फरक नपर्ला । उनको राजनैतीक यात्रा भने ‘आतंकवादी’को ठप्पाबाट शुरु भएको पाइन्छ । सन् १९३० मा उनलाई भारतको मोतीहारीस्थित बेतियामा भएको हिंसा र डकैतीको केशमा ४ महीना लामो कैद भुक्तानी गर्नुपर्‍यो । ४ महीना लामो जेल बसाइबाट उनले राजनीति र त्यो वेलाको समयलाई चाहिने परिवर्तनको कखरा सिकिसकेका थिए । बुवा कृष्णप्रसाद कोइराला काँग्रसी संस्थामा आवद्ध भएकाले बिपीको हिमचिम नेताहरुसँग पनि बढ्यो, उनीहरुको विचारले उनलाई आकर्षित ग¥यो र राजनीतिको अध्ययनमा उनले चाख दिए । प्रजातान्त्रिक विचारधाराका रुपमा लोकप्रिय बिपीलाई शुरुमा त माक्र्सवादी विचारधाराको प्रभाव परेको थियो । बम्बैमा रहँदा उनले माक्र्सवादको राम्रो अध्ययन गरेका थिए र त्यसको गहिरो छाप उनको मस्तिष्कमा परेको थियो । यसैक्रममा पटनामा उनको भेटघाट भारतीय नेताहरु नरेन्द्र, लोहिया र जेपीहरुसँग बाक्लियो । त्यतिवेला भारतमा अँग्रेजको शासन थियो । पटनाका ती तीन नेताको संगतले उनलाई भारत छोडो आन्दोलनमा लाग्न प्रेरित गर्‍यो । भारत छोडो आन्दोलनमा सहभागी हुँदा पटक–पटक उनी पक्राउ समेत परे र कैद भुक्तान समेत गर्नुपर्‍यो ।

त्यतिवेला नेपालमा जहानियाँ राणा शासन थियो । भारत छोडो आन्दोलनपछि उनलाई नेपालीलाई पनि राणा शासनबाट मुक्त गरी प्रजातन्त्र स्थापना गर्नुपर्छ भन्ने लाग्यो । राणाहरुको अत्याचारबाट नेपाली जनताहरु मुक्त हुन चाहन्थे । केही लेखक र विचारकहरु राणाविरोधी आन्दोलनमा गोप्य रुपमा लागिसकेका थिए । यसैक्रममा वि। सं। १९९३ साल जेठ २० गते टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त, रामहरि शर्मा र जीवनराज आदि युवा मिलेर ओमबहाल स्थित धर्मभक्त माथेमाको घर ९कहीँ कहीँ धर्मभक्तकी फूपुको घर पनि उल्लेख गरिएको०मा गोप्य रूपमा नेपाल प्रजा परिषदको स्थापना गरेका थिए। यो नेपालको सबभन्दा जेठो राजनीतिक पार्टी हो। राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्नु यसको उद्देश्य थियो। यस माथि पनि राणाहरूको कडा निगरानी थियो । यसको जानकारी पाएका बीपीले पटनाबाट प्रकाशित हुने सर्चलाइट पत्रिकामा राणाविपरोधी समाचार राणा शासनको अन्त्यका लागि संगठन निर्माणका लागि लेखहरु छाप्न थाले । त्यसपछि भारतमा रहेका नेपालीहरु बिपीको सम्पर्कमा आउँन थाले र सुब्बा देवीप्रसाद, बालचन्द्र शर्मा र बीपी मिलेर प्रजापरिषद्को तदर्थ समिति गठन गरे । यसरी नेपालमा प्रजातन्त्र स्थापनाका लागि एउटा संस्थाको दर्ता भयो र भारतमा छरिएर रहेका नेपालीहरु यसमा संलग्न हुन थाले । पछि यसैलाई टंकप्रसाद आचार्यको अध्यक्षतामा नेपाली काँग्रेसको नाम दिइयो र नेपाली काँग्रेस पार्टीको उदय भयो ।

त्यसपछि नेपालमा मजदुर आन्दोलन भयो जसमा बीपी गिरफ्तार भए । भूमिगत रुपमा नेपाल आएका बिपी जेल परे र जेलभित्रैबाट उनले अनसन बसेर विद्रोह गरे । आन्दोलन चर्किदै जाँदा २००७ सालमा दिल्लीमा सम्झौता भयो र प्रजातान्त्रको स्थापना भयो । प्रजातन्त्र स्थापनापछि मोहन शमशेर प्रधानमन्त्री पदमा रहेकोमा बीपी त्यस सरकारका गृहमन्त्री थिए । तर त्यो मन्त्रिमण्डल एक वर्ष नपुग्दै विगठन भयो र मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए ।

त्यसपछि नेपाली काँग्रेसको छैठौँ महाधीवेसनबाट काँग्रेसले समाजवादी अर्थनीतिलाई आफ्नो पार्टीको मूल एजेण्डा बनायो ।
त्रिभूवनको निधनपछि महेन्द्र राजा बने संविधान सभाका लागि चुनाव भयो । नेकाको बहुमतबाट बिपी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे । तर २०१७ साल पुष १ गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर संविधान सभा विगठन गरे । सोही दिन तरुण दलको उद्घाटनको क्रममा भाषणा गरिरहेका वेला बीपी कोइरालालगायतका नेताहरुलाई सरकारले पक्राउ ग¥यो । त्यसको उनलाई कुनै मुद्दाबिना ८ वर्षसम्म सुन्दरीजल जेलमा राखियो । त्यसपछि उनलाई २०२५ मा निर्वासित गरियो । २०३३ सालमा नेपाल फर्किएपछि उनलाई फेरि देशद्रोहको मुद्दामा सरकारले पक्राउ गर्‍यो र जेलमा राखियो । त्यसको १ वर्षपछि उनलाई रिहा भए ।

पटक–पटक गरी २७ वर्ष प्रजातन्त्रका लागि जेल बसेका उनले जेलभित्रबाटै पनि बिद्रोह गरे, अनसन बसे । बाहिरी आन्दोलनका लागि पनि उनले सुझाव दिइरहे । यसरी उनको पूर्णजीवन को चिन्तन देशमा प्रजातन्त्र र समाजवादको स्थापनाको लागि संघर्षमा बित्यो।

राजनीतिमा मात्र नभएर नेपाली साहित्यमा पनि उनले उत्तिकै योगदान दिए । सुम्निमा, तीन घुम्ती, हिटलर र यहुदी, नरेन्द्र दाई जस्ता सफल उपन्यास तथा दोषी चश्मा र श्वतभैरवी कथा संग्रह नेपाली साहित्यलाई उनले दिए । उनको मृत्यु वि.सं. २०३९ सालमा काठमाडौँमा भयो ।