काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ९१८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४६ हजार २ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार १६७ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ७ लाख ९९ हजार ३ सय ४१ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ५ हजार ४ सय ८० जना रहेका छन् भने १५ हजार २५ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ७ हजार ३७ जना होम आइशोलेसनमा रहेका छन् भने ७ हजार ९ सय ८८ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ३३ हजार १ सय ८२ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ६८.८ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ३१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ ।