वैजयन्ती शर्मा , काठमाडौँ – यातायात व्यवसायीले सरकारले अनुमति नदिए पनि लामो–छोटो सबै दूरीका सबै प्रकारका यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT


सरकारले यातायात सञ्चालन गर्न अनुमति नदिएपनि असोज १ गतेदेखि निषेधाज्ञा अवरुद्ध गरेरै भएपनि सबै यातायात चलाउने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए ।


ADVERTISEMENT

# # #


बुधवार यातायात सञ्चालनको बाटो खोल्न अनुरोध गर्दै यातायात व्यवसायीहरुले यातायात विभागमा महानिर्देशक गोगन बहादुर हमाललाई मापदण्ड समेत बुझाएका छन् ।

मापदण्ड बुझ्दै यातायात विभागमा महानिर्देशक हमालले यातायात व्यावसायीहरु प्रभावित बनेको बताउँदै कोरोना संक्रमणको प्रभाव कम भएको ठाउँमा यातायात सञ्चालन गर्नसकिने बताए । यद्दपी यातायात खोल्ने निर्णय विभागको हातमा नरहेको उनले बताए ।

‘स्वभाविक रुपमा उहाँहरु (यातायात व्यावसायी) प्रभावित हुनु भएको छ । तर, यो निर्णय हाम्रो होइन, क्याबिनेटले गर्ने हो ।’ महानिर्देशक हमालले भने, ‘हामीले पनि प्रभाव कम भएको ठाउँमा गाडी सञ्चालन गर्नुपर्छ भनेर सिफारिस गरेको छौँ । उहाँहरुको आजको गुनासो पनि हामी माथिल्लो निकायमा पुर्याउँछौँ ।’

कोरोना प्रभावका कारण गत चैत्र ११ गतेदेखि सार्वजनिक सवारीहरु बन्द रहँदै आएका छन् । साउन दोस्रो हप्तादेखि केही दिन लामो दूरिबाहेकका सार्वजनिक सवारी सञ्चालनमा आएका थिए । तर, संक्रमण बढ्दै गएपछि पुनः निषेधाज्ञा जारी भएकाले छोटो दूरिका सवारी पनि बन्द रहेका छन् ।