काठमाडौं – कुजु नेपालले इन्डोनेसियामा उत्पादन हुँदै आएका डिएसएफके नयाँ ग्लोरी ५६० एसयूभी नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले डिएसएफकेका उत्पादन नेपालमा बिक्रि गर्न थालेको एक वर्ष पूरा भएको अवसरमा नयाँ ग्लोरी ५६० एसयूभी बजारमा ल्याएको हो ।
यसअघि डिएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएको कम्पनीले अब भने ग्लोरी ५६० को पनि बिक्री गर्ने भएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा गत बैशाखबाट नै नेपालमा ग्लोरी ५६० बिक्री गर्ने योजना बनाए पनि कोरोना भाइरसका कारण रोकिएको थियो ।
कुजु नेपालका संचालक उमिद श्रेष्ठले नेपाल आएको पहिलो वर्ष नै गाडीको मूल्य, मूल्य अनुसारको फिचर र एसयूभी प्रेमी ग्राहकको मन जित्न सफल भएको बता । उनले भने, ‘नेपालमा उच्च प्रतिस्पर्धाको बाबजुदपनि हामीले डिएफएसकेका उत्पादनलाई ग्राहकसम्म पुर्याउन सकेका छौं । यसले भोलिका दिनमा अझ राम्रा राम्रा मोडल ल्याउँदै अगाडी बढ्ने हौसला प्रदान गरेको छ ।’
यस्तो छ ग्लोरी ५६०
ग्लोरी ५६० को लम्बाई ४५१५ एमएम, चौडाई १८१५ एमएम र उचाई १७३५ एमएम रहेको छ । यसमा २६९० एमएमको ह्वीलबेस दिइएको छ । गाडीको कुल तौल भने २००५ केजी रहेको छ ।
ग्लोरी ५६० मा यूरो ५ मापदण्डको इन्जिन दिइएको कम्पनीले जनाएको छ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७०० आरपीएममा १४८ बीएच पावर र १८०० देखि ४००० आरपीएममा २३० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । साथै, ५० लिटरको
इन्धन ट्याङ्क उपलब्ध रहेको छ ।
ग्लोरी ५६०, ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिब प्राप्त गरेको एसयूभी हो । यसको चारै चक्कामा डिस्क ब्रेक दिइएको छ । १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिब अटो लक, क्र्यास अटो अनलक जस्ता फिचर यसमा पाउन सकिन्छ ।
ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड दिइएको छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिब इन्फोटेन्टमेन्ट डिस्प्ले दिइएको छ । रिभाइज क्यामेरा, पुस स्टार्ट-स्टप बटम, किलेस इन्ट्रि जस्ता विशेषता यसमा पाउन सकिने छ ।
कम्पनीले यसमा ३ वर्ष वा ४० हजार किलोमिटर जुन पहिला आउँछ त्यही बराबरको वारेन्टी प्रदान गर्नेछ भने गाडीको मूल्य ५७ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।