मलेखु, धादिङ– पृथ्वी राजमार्गको बाँदरेमा आज बिहान एउटा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


धादिङबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ४९६४ नंको ट्रक सडकबाट बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेमा दुर्घटना हुँदा धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ चैनपुर निवासी खेमबहादुर छत्कुलीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए ।


ADVERTISEMENT

# # #


अत्यधिक गतिमा गुडेको ट्रक सडकबाट ३० मि तल खसेर भएको दुर्घटनामा घाइते भएका तीन जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ ।