काठमाडौँ – नेकपाका सांसद जीवनराम श्रेष्ठले ‘होम आइशोलेसन’मा रहेका कोरोना भाइरस (कोभिड–१९) संक्रमितसँग भेट गरेका छन् । कोरोना संक्रमितहरुलाई सामाजिक बहिष्कार भइरहेका बेला सांसद श्रेष्ठ भने भेट्न घरमै पुगेका हुन् ।


ADVERTISEMENT


होम आइशोलेसनमा रहेकाहरु संक्रमितहरुलाई हौसला प्रदान गर्न आवश्वक मापदण्ड अपनाउँदै भौतिक कायम गरेर भेट गरेको सांसद श्रेष्ठले जनाएका छन् । उनले भने, ‘घरमा आइसोलेसन बसिरहेकाहरूलाई सामाजिक बहिष्कार हैन, सबैले हौसला प्रदान गरि मनोबल बढाउने उद्देश्यले भेट गरेको हुँ ।’


ADVERTISEMENT

# # #


उनले संक्रमितहरुको अवस्था बारे जानकारी लिँदै सुस्वास्थ्यको समेत कामना गरेका छन् ।

सांसद श्रेष्ठसँगै महानगरपालिका वडा नं. १५ वडाका अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्यहरु निमा घ्याम्छो तामाङ, आनन्द राम गौतम र मैयाँ लक्ष्मी महर्जन लगायत स्थानीयहरु पनि संक्रमितको घर पुगेका छन् ।