विराटनगर– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्ट पारेका छन्


ADVERTISEMENT


विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै उनले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी गराए । निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले भने, “आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको छ ।”


ADVERTISEMENT

# # #


संविधान संशोधनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संविधान संशोधनको सम्भावना प्रचुररुपमा रहेको उल्लेख गरे।

नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको सम्बन्धमा उनले यस विषयमा छानबिन भइरहेको जानकारी गराए । नेपाली काँग्रेसको सभापतिसमेत रहेका देउवासमक्ष पत्रकारको जिज्ञासामा उनले पार्टीको विधानअनुसार उपसभापति नियुक्ति चाँडै हुने स्पष्ट पारे ।

मन्त्रिमण्डल विस्तारको सम्बन्धमा प्रधानमन्त्री देउवाले आवश्यकताअनुसार नै मन्त्रिमण्डल विस्तार गरिएको बताए ।प्रधानमन्त्री देउवा आजै विराटनगरबाट सप्तरी जिल्ला प्रस्थान गरेका छन्। रासस