काठमाडौँ –  कामना सेवा विकास बैंकले भाइबर र फेसबुक म्यासेन्जरबाटै आफ्ना ग्राहकलाई सेवा दिने भएको छ । बैंकले शुरु गरेको केएसबीबीएल सामाजिक सञ्जाल बैंकिङमार्फत ग्राहकले खाता खोल्न, केवाइसी फर्म अपडेट गर्न, चेकबुक तथा डेबिट कार्ड लिन, स्टेटमेन्ट हेर्न र कजा बक्यौताको जानकारी लिन सक्नेछन् ।


ADVERTISEMENT


बैंकका अध्यक्ष सुदिप आचार्यले भच्र्युल माध्यमद्धारा यसको शुरुवात गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसरी सेवा लिन ग्राहकले फेसबुकमार्फत बैंकको आधिकारिक पेजमा मेसेज पठाउनुपर्नेछ भने, भाइबरमार्फत क्युआर कोड स्क्यान गर्नुपर्नेछ । कोरोना महामारीकोबीच संक्रमणबाट सुरक्षित हुनका लागि यो सेवा शुरु गरिएको बैंकका अध्यक्ष आचार्यले बताए ।