काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले सांसद रेशम चौधरीलाई तत्काल रिहाई गर्न माग गरेको छ ।


ADVERTISEMENT


आइतबार एक विज्ञप्ती जारी गर्दै जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मधेश तथा थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्धारा मुद्दा चलाउने धान, सम्पत्ति रोका गर्ने, थुनामा राख्ने कार्य अझै जारी रहेको दावी गर्दै त्यस्तो कार्य बन्द गर्न आग्रह गरिएको छ ।


ADVERTISEMENT

# # #


जेलमा रहेका जसपा नेपालका नेता रेशम चौधरीलगायतका नेता तथा कार्यकर्तामाथि सरकारले लगाइएका मुद्दाहरु खारेज गरी चौधरीलाई रिहा गर्न माग गरेको छ ।

जनआन्दोलन, सशस्त्र विद्रोह, जनयुद्ध तथा मधेश आन्दोलन र थरुहट आन्दोलन लगायतका विभिन्न संघर्ष एवं बलदानीका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जसपा नेपालको विज्ञप्तिमा उल्लेख छ ।

चौधरी गत निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि निर्वाचन भएका थिए । जेलमै रहेका उनलाई तत्कालीन सभामुख कृष्णबहादुर महराले शपथ खुवाए पनि उनी संसदमा भने उपस्थित हुन पाएका छैनन् ।