विराटनगर – बन्दाबन्दीपछि सिर्जित भोकमरीका कारण आत्महत्या गरेका विराटनगरका अशोक दर्जीको परिवारलाई साथी नेपाल संस्थाले खाद्यान्न सहयोग गरेको छ ।


ADVERTISEMENT


मोरङस्थित सुन्दरहरैयाको सुकुम्बासी बस्तीमा बस्ने दर्जीले गत साता गुजारा चलाउन नसकेको भन्दै आत्महत्या गरेका थिए । मृत्युपछि काजकिरिया गर्ने आर्थिक अवस्था पनि नभएको र दर्जीको परिवारको बिचल्ली भएको समाचार प्रकाशित भएपछि साथीले उनको परिवारलाई सहयोग गरेको हो ।


ADVERTISEMENT

# # #


साथीकी अध्यक्ष जया पोखरेलले दर्जीको घरमै पुगेर खाद्यान्नसहित आर्थिक सहयोग गरेको जानकारी दिइन् । उनकाअनुसार उक्त संस्थाले लकडाउन अवधिमा मोरङका १२ सय विपन्न परिवारलाई खाद्यान्न, लत्ताकपडा र आर्थिक सहयोग गरेको छ ।