काठमाडौँ – नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ४० हजार नाघेको छ । गत २४ घण्टामा १ हजार ६२ जनाले कारोना जितेसँगै कूल निको हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको हो ।


ADVERTISEMENT


यो कूल संक्रमितको ७१.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा ५६ हजार ७८८ जनामा कोरोना ससंक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै नेपालको कोरोना संक्रमितहरु शून्य हुने जिल्ला ६ वटा रहेका छन् । यी बाहेक कूल ७७ मध्ये ७१ जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नं. १ को सोलुखुम्बु, गण्डकी प्रदेशको मुस्ताङ, म्याग्दी र कर्णाली प्रदेशका मुगु, डोल्पा र हुम्लाका कुनैपनि व्यक्तिमा अहिले कोरोना संक्रमण छैन ।

यस्तै ७ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमध्ये मोरङ, सुनसरी, मकवानपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् ।

हाल १७४ जना संक्रमित आइसीयूमा उपचाररत छन् भने २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै गत २४ घण्टामा १ हजार ४ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।