काठमाडौँ – अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द रहने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० अर्थात् अक्टोबर १६ तारिखको मध्यरातीसम्म बन्द गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


मंगलबार सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९)को बढ्दो जोखिमलाई ध्यानमा राखेर उक्त निर्णय गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रवक्ता ज्ञवालीले भने, ‘असोज ३० गते शुक्रबार तदनुरुप अक्टुबर १६ को मध्यरात सम्मका लागि नेपालको अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने सबै बिन्दु र खुला सिमानाका जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमनलाई स्थगित गर्ने निर्णय गरिएको छ ।’

तर, समस्यामा परेका नेपालीहरुलाई निश्चित बिन्दुबाट नेपाल प्रवेश गर्न पाउने गरी विशेष आदेश जारी गरिएको उनले बताए । उनका अनसार भारतसँग जोडिएका प्रमुख १० नाकाबाट समस्यामा परेको नेपालीलाई प्रवेश गर्न दिइएकोमा थप दुई नाका पनि खुला गरिएको छ ।

जसमा इलामको पशुपतिनगर र दार्चलाको खलंगा पुलघाट नाका रहेका छन् । यस्तै चीनसँग जोडिएको रसुवागढी नाकाबाट पनि समस्यामा परेका नेपाली स्वदेश प्रवेश गर्न पाउने उनले बताए ।

यसअघि सरकारले भदौ ३१ गतेसम्म नाका बन्द गर्ने निर्णय गरेको थियो ।