काठमाडौँ – सरकारले लामो दूरिका सवारी साधान असोज १ गतेदेखि खुल्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरु तयारीमा जुटेका छन् ।


ADVERTISEMENT


कोरोना भाइरस (कोभिड–१९)सम्बन्धि सरकारले तोकेको उपलब्ध गराए असोज १ गतेदेखि नै लामो दूरिका सार्वजनिक सवारी चलाउन सकिने राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले हिमालय पोष्टलाई जानकारी दिए । यद्दपी लामो दूरिका सार्वजनिक सवारी कहिलेदेखि खुल्ने भन्नेबारे आधिकारिक निर्णय बुधबार बस्ने महासंघको बैठकले गर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


‘महासंघको बैठक भोलि बस्दैछ । बैठकले नै यसबारे आधिकारिक धारणा बनाउँदै निर्णय लिन्छौँ ।’ उनले भने, ‘पर्सी (अजोज १ गते) विश्वकर्माको पूजा पनि गर्छौँ । महासंघको निर्णय पश्चात यातायात सञ्चालन हुन्छन् ।’

सार्वजनिक सवारी सञ्चालनका लागि सरकारले खोल्ने निर्णय मात्र नभई आवश्यक सुरक्षाका मापदण्डमा समेत सहजीकरण गर्नुपर्ने उनले बताए । यात्रुहरुको सुरक्षा, खाना खाने ठाउँको व्यवस्था लगायतका कुरामा सरकारी निकायबाट आवश्यक सहयोग गर्नुपर्ने उनले बताए ।

‘सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड के हो ? त्यो पनि हामीले पाउनु पर्यो ।’ उनले हिमालय पोष्टसँग भने, ‘यात्रुलाई खाना कहाँ खुवाउने त्यो पनि आउनु पर्यो ।’ यसअघि सोमबार (हिजो) लामो दूरिका सवारी साधान असोज ५ गतेदेखि सञ्चालन हुने समाचार बाहिरएको थियो ।

त्यही अनुसार व्यवसायीहरुले तयारी गर्दा आज असोज १ गतेदेखि नै खुल्ने निर्णय बाहिरिँदा अन्योलता छाएको उनले बताए ।

यसअघि यातायात व्यवसायीहरुले निषेधाज्ञा उल्लंघन गरेरै भएपनि असोज १ गतेदेखि सबै किसिमका सवारी साधन चलाउने चेतावनी दिएका थिए ।