सिन्धुपाल्चोक – बुधबार बिहानै सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दू बनाएर गएको भूकम्पले क्षति केही नभएपनि पहिरोको जोखिम बढेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताएका छन् । ढकालअनुसार कुनै अप्रिय घटना घटेको छैन । ‘हालसम्म कतैपनि क्षति भएको रिपोर्टिङ आएको छैन,’ हिमालय पोस्टसँग कुरा गर्दै उनले भने ।


ADVERTISEMENT


राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बुधबार बिहान ५ बजेर १९ मिनेटमा राम्चेमा ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।


ADVERTISEMENT

# # #


भूकम्पले कतै केही क्षति भएको हुनसक्छ कि भनेर सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन दिएको जानकारी उनले गराए ।

सिन्धुपाल्चोकमा विगत दुई महीना देखि विभिन्न समयमा वर्षाका कारण पहिरो गइरहेको छ । गत शुक्रवार मात्रै सिन्धुपाल्चोकमा पहिरो गएकोमा भूकम्पपछि जोखिम अझैँ बढेको ढकालले बताए ।