वीरगञ्ज – नेपालको सबैभन्दा ठूलो कोरोना हवका रुपमा देखिएको वीरगञ्जमा ७५ प्रतिशत संक्रमित निको भइ घर फर्किएका छन् ।


ADVERTISEMENT


जिल्लामा हालसम्म २४५१ जनालाई कोरोना पुष्टि भएकोमा उनीहरुमध्ये १८३३ जना कोरोनामुक्त भई घर फर्किएका छन् ।


ADVERTISEMENT

# # #


हाल जिल्लामा ३४ जना मात्र अस्पतालमा उपचाररत छन् भने बाँकी संक्रमित होम आइसेलेशन र सामुदायिक आइसोलेशनमा छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा मृत्यु भएका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।