काठमाडौँ – लकडाउनयता दलितमाथि बढ्दो ज्यादतिका विरुद्ध शम्भु सदादेखि जेलभित्र हत्या भएका १९ वर्षिय विजय रामसम्मको हत्याका अपारधीलाई कारवाही गर्न माग गर्दै युवाहरुले माइतीघरमा धर्ना दिएका छन् । ‘दलितमाथि हुने विभेदहरुको प्रतिरोध गरौं’ लगायतका नारासहित युवाहरुले माइतीघरमा धर्ना दिएका हुन् ।


ADVERTISEMENT


संयुक्त राजनितिक दलित संघर्ष समिति, काठमाडौं र नागरिक समाजको आयोजनामा मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् । पछिल्लो समय दलित समुदायमाथि जघन्य अपराधका घटनाहरु बढ्दै गएकोमा सरकारले यस्ता विभेद र अत्याचारलाई गम्भीर रुपमा नलिएको आरोप युवाहरुको छ । ‘दलितमाथि जघन्य अपराधहरु भइरहेका छन्, हिँसा बढ्दो छ, मारिँदा पनि सरकारले हत्यारालाई कारवाही गर्दैन,’ धर्नामा सहभागी मिलन बिकले बताए ।


ADVERTISEMENT

# # #


भदौं २६ गते मात्रै कैलाली धनगढी– ५ का १९ वर्षीय रोशन विक प्रहरी हिरासतको शौचालयमा मृत भेटिए । पीडित परिवार र दलित अधिकारकर्मीले प्रहरीको यातनाले विकको मृत्यु भएको भन्दै विरोध गरिरहेका छन् । तर यो विषयमा प्रहरीमाथि कुनै छानबिन भने भएको देखिदैन् ।