काठमाडौँ – भारतले प्याज निकासीमा प्रतिवन्ध लगाएपछि तीन दिनमै व्यवसायीले प्याजको मुल्य बढाएर २४० रुपैयाँसम्म पुगाएका छन् । आइतवार प्याजको मुल्य ६० रुपैयाँ रहेकोमा प्याज आयात नभएको बहाना बनाउँदै व्यवसायीहरुले मनमर्जी प्याजको मुल्य बढाएका हुन् ।


ADVERTISEMENT


२९ भदौमा कालीमाटी फलफुल तथा तरकारी बजारमा प्रतिकिलो प्याजको होलसेल मूल्य ६० रूपैयाँ थियो। निर्यात रोकिएपछि हिजो ७५ रूपैयाँ पुगेको मूल्य आज किलोको ११९ कायम गरिएको छ । खुद्रामा व्यवसायीले प्रतिकिलो २४० सम्ममा प्याज बेचिरहेका छन् ।


ADVERTISEMENT

# # #


गत वर्ष पनि ठीक यही समयमा भारतले प्याजको निर्यातमा प्रतिवन्ध लगाएपछि मुल्य आकाशिएको थियो भने वाणिज्य विभागले केही व्यवसायीलाई प्याज लुकाएको भन्दै कारवाही समेत गरेको थियो ।