काठमाडौं – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफुमाथि लाग्दै आएको आरोपमा अदालतबाट न्याय पाएका छन् । मुख्यमन्त्री राईसंग जोडेर बोल्दै आएकी महिलाले आँफु नै झुटो भएको भन्दै मुद्दा फिर्ता लिएपछि काठमाडौं जिल्ला अदालतले आज आरोप खारेजीको फैसला गरेको हो ।


ADVERTISEMENT


केही समय देखि मुख्यमन्त्री राईका बिषयमा अतिरञ्जित अभिव्यक्ति दिँदै अदालत सम्म पुगेकी खड्काले कसैबाट प्रयोग भएको भन्दै लगाउँदै आएको आरोप प्रमाणित गर्ने आँफुसंग कुनैपनि आधार नभएको न्यायाधीश न्यायाधीस राजुकुमार खतिवडासमक्ष साबिती बयान दिएकी छन् । सोसंगै मुद्धा फिर्ता लिएर आफ्नो गल्तीमा प्रायश्चित गर्न पाउँ भन्दै उनले अदालत समक्ष माफी समेत मागेकी छन् ।


ADVERTISEMENT

# # #


”प्रदेश १ का मूख्यमन्त्री शेरधन राईसंग अंश पाँउ भनी उजुर गरेकोमा अदालतको म्याद नपुग्दै निबेदिका बालिका खड्काले आफू अरुको उक्साहटमा परेर मुद्दा हालेको, बास्तवमा मेरो र शेरधन राईको बीचमा कुनै सम्बन्ध नरहेको, आफूसंग साबित गर्ने कुनै प्रमाण पनि नभएको भनि अदालतमा आफैं उपस्थित भइ गल्ती स्वीकार गरि मुद्धा फिर्ताको निबेदन दिएको देखिन्छ” अदालतको आदेशमा भनिएको छ ”यसको मतलब र परिणाम समेत बादीलाई सम्झांउदा बुझाउंदा समेत मुद्दा फिर्ता लिन मन्जुर भइ सहिछाप समेत गरिदिएकोले प्रस्तुत मुद्वा मुलुकी देवानी कार्यविधी संहिता,२०७४ को दफा १९६ (२) बमोजिम मुद्दा फिर्ता गरिएको छ ।”

पक्षले नै स्वयं उपस्थित भई मुद्दा फिर्ता लिएपछि मुलुकी देवानी कार्यविधी संहिता, २०७४ को दफा १९६ बमोजिम मुख्यमन्त्री राईले आरोपको अग्निपरीक्षामा अदालतबाट सफाई पाएका हुन् ।

यो हेर्नुहोस् मुद्दा फिर्ता भएको अदालतको आदेश : 

महिलाले मुद्दा फिर्ताका लागि दिएको बयान :