काठमाडौँ – नेपाल बैंक लिमिटेड र सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाबिच सम्झौता भएको छ । उक्त गाउँपालिकाद्वारा संचालन गर्न लागेको अध्यक्ष उद्यमशिलता विकास कार्यक्रममा नेपाल बैँक र गाउँपालिकाबीच सहकार्य हुने गरी सम्झौता भएको हो ।


ADVERTISEMENT


“अध्यक्ष उद्यमशिलता विकास कार्यक्रम”ले गाउँपालिकावासीहरुलाई व्यवसायिक कृषि, पर्यटन प्रवर्द्धन, अन्य उद्यम गर्न तथा आवश्यक दक्ष जनशक्ति तयार गर्नका लागि आवश्यक सहयोग प्रदान गर्नेछ ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रम अन्तर्गत उद्यमशिल बन्न चाहने गाउँवासी एवं सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागी ब्याज अनुदान कार्यविधि २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान मिल्नेछ । सोही अनुसार लिसंखु पाखर गाउँपालिका र नेपाल बैँक लिमिटेड बीच उक्त सम्झौता भएको हो ।

जसअनुसार गाउँपालिकाद्वारा एक कोष खडागरी नेपाल बैंकको पाँचखाल शाखामा ग्यारेण्टीको रुपमा रकम जम्मा गर्दै जाने, बैंकद्वारा छनौट भएका उद्यमी एवं व्यावसायीहरुलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र उक्त कर्जा समयमा चुक्ता गराउन गाउँपालिकाद्वारा सहयोग गर्नेछ ।

उपरोक्त संझौतामा नेपाल वैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र लिसंखु पाखर गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष कमल प्रसाद नेपालले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका उपाध्यक्ष हेमगंगा मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलाल, नेपाल बैंक लिमिटेडका नि. नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त लगायतको उपस्थिति थियो ।